नेकपा एमाले पोखरा २० को अध्यक्षमा गंगा बहादुर के.सी.को उम्मेदवार
  • प्रमुख खबर

नेकपा एमाले पोखरा महानगरपालिका २० वडा कमिटीको भेलाले २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । भेलाले वडा अध्यक्षमा गंगा बहादुर के.सी. ,खुल्ला सदस्यमा उत्तम गुरुङ ,खुल्ला सदस्यमा गन्जमान गुरुङ, खुल्ला महिला सदस्यमा मीना पौडेल र दलित महिला सदस्यमा रुपा नेपाली उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेकपा एमाले २० वडाका पाटी अध्यक्ष त्रिलोचन गौतमले जानकारी दिए ।

५ उम्मेदवारमध्ये ३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई सिफारिस  दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्