राष्ट्रिय युवा संघ पोखरा १६ को आयोजनामा फुटसल प्रतीयोगिता सम्पन्न
  • प्रमुख खबर

राष्ट्रिय युवा संघ पोखरा १६ को आयोजनामा संचालन गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।१६ का युवा संगठनका अध्यक्ष सुनिल थापाको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ गन्डकी प्रदेशका ईन्चार्ज महेन्द्र गुरूङ रहनु भएको थियो । उँहाले खेल जिबनका लागी महत्त्वपूर्ण रहेको र यसले सदा एक अर्कामा भाईचाराको सम्बन्धलाई प्रगाढ  बनाउनुको साथै आजका युवा खेलाडी आउँदा दिनमा राष्ट्रिय खेलाडी हुँदै वल्र्ड कप खेलन सक्ने हुनु पर्नेमा जोड दिनु भयो । सोही खेलमा १८ टीमको सहभागिता रहेकोको फुटसल खेलका संयोजक सुजल थापाले प्रमुख खबर डट कमलाई जानकारी दिनु भयो ।                           

खेलमा  ३-१ गोलको अन्तरले प्रथम द बुचर म्यान टिम भएको थियो भने दोस्रो चिन फुटसल टिमले हात पारेको थियो । प्रथमलाई नगद रू २५०००,  जनही मेडल र प्रमाणपत्र , दोस्रोलाई नगद रू १५०००, जनही मेडल र प्रमाणपत्र  प्रदान गरिएको थियो । सर्बाधीक गोल गर्नेमा चिन फुटसल टिम क्यापटेन तारा थापामगर रहनु भएको थियो उँहाले पनि मेडल र प्रमाणपत्र हात पार्नु भयो ।

कार्यक्रम संचालन राष्ट्रिय युवा संघ पोखरा १६ का सचिव  प्रमोद थापाले गर्नु भएको थियो ।                   

तपाईको प्रतिक्रिया दिनुहोस्