पोखरा ।
मुस्लिम समुदायहरुले विशेष गरेर आज देशैभर इद उल फित्र मनाउँदैछन् । खुशी साथ दिन दुःखी एवं गरिबलाई दान गरिने भएकोले यस पर्वलाई इद उल फित्र भनिएको हो ।
अरबी पात्रो हिजारी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूलाबडाबाट आर्शीवाद लिइ यो पर्वलाई धुमधामका साथ मुस्लीम धर्मालम्बिहरुले मनाउने प्रचलन रहेको छ । नवौं महिनाको अन्तिम दिन बिहिबार बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फित्र मनाइएको हो ।
विशेष गरेर यस पर्वको अवसरमा आर्शीवाद लिन आउने आफन्तहरुलाई सेवई, खजुरलगायतका मिठा खानेकुरा खान दिने परम्परा पनि रहेको छ । यसैबीच सरकारले इस्लाम समुदायको यस पर्वको उपलक्ष्यमा सार्वजनिक विदा समेत दिएको छ ।
९ माघ २०८१, बुधबार