कलाकार सन्दिप क्षेत्रीले रेनु दाहालको पक्षमा मागे भोट
  • प्रमुख खबर

कलाकार सन्दिप क्षेत्रीले चितवनको भरतपुर महानगर प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालका पक्षमा भोट मागेका छन् ।

बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रममा क्षेत्रीले दाहालले राम्रो काम गरेको भन्दै भोट भागेका हुन् । ‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ,’ क्षेत्रीले भने, ‘दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउ-आउ लाग्यो ।

आफू कुनै पार्टीको सदस्य नरहेकाले कार्यक्रममा आउनुअघि आमालाई सोधेको र आमाले पनि रेनुले राम्रो काम गरेको भन्दै गएर बोल्दा फरक नपर्ने भनेकाले आफू बोल्न आएको बताए।

म आजसम्म कुनै पनि पार्टीको साधरण सदस्यसम्म नभएको मान्छे हो,’ उलने भने, ‘यो कार्यक्रममा आउनुभन्दा अगाडि एक पटक मेरो आमलाई फोन गरेर सोधेँ–दिदीको यस्तो कार्यक्रम रहेछ के गरौं । मेरो आमाले भन्नुभयो–पार्टीको लागि होइन, तैलेँ देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छ, बोल्दा केही फरक पर्दैन । मलाई ढुक्क भयो,त्यसपछि म आएँ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्