निर्वाचन आयोगका प्रवक्ता शर्माद्धारा बैशाख २३ गतेसम्म सम्पूर्ण जिल्लामा मतपत्र पुग्ने प्रष्ट
  • प्रमुख खबर

पोखरा ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएको हो ।
बैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र पु्याइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले बताएका छन् । उनले स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र मतगणक कर्मचारीलाई अत्यन्तै जरुरी मानवीय र संवेदनशील अवस्थामा बाहेक निर्वाचनमा खटिएका कर्मचारीलाई फेरबदल नगर्न निर्देशन दिएको छ ।
त्यस्तै शर्माले उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इनकार गरेका प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न समेत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई निर्देशन समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्