पोखरा महानगरपालिका वडा नम्बर २० को वडाध्यक्षमा गंगा बहादुर खत्री सहित एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका गंगा बहादुर खत्रीले १ हजार २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ९५ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, महिला सदस्यमा एमालेकी मिना पौडेलले १ हजार २ सय ८७ मत, दलित महिला सदस्यमा एमालेकी रुपा नेपालीले १ हजार ३ सय ७ मत, खुल्ला सदस्यमा एमालेका उत्तम गुरुङले १ हजार २ सय १३ मत र खुल्ला सदस्य २ मा एमालेका गजमान गुरुङले १ हजार १ सय ९३ मतसहित विजयी हुनु भएको छ।