इन्धनको मूल्य वृद्धि हुँदा जनता धेरै मारमा परेका छन् । स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा सरकारले इन्धनमा धेरै मूल्य वृद्धि गरेको छ । निगमले आइतबार १२ बजे राती देखि लागू हुनेगरी मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको छ । त्यस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धन (आन्तरिकमा) मा पनि प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेर नयाँ खुद्रा बिक्री मूल्य १६६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाएर प्रति सिलिण्डर १८ सय रूपैयाँ पुर्याएको छ ।