पोखरा महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे बिजयी भएका छन् । उनले नेकपा एमालेका इमानराज पौडेललाई ५१ मतान्तरले पराजित गरे । पाण्डेले २५५४ मत प्राप्त गर्दा पौडेलले २५०३ मत प्राप्त गरेका थिए ।
सो वडामा अन्य सदस्यहरुमा भने नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । महिला सदस्यमा दुर्गादेवी बस्नेत (२६८६), दलित महिला सदस्यमा कल्पना सुनार (२५६८) र खुल्ला सदस्यतर्फ नवराज केसी (२५७५) र विकास कुमार आचार्य (२४५६) निर्वाचित भएका छन् ।