च्याम्पियन्स लिग महाभिडन्त, सलाह बदला लिन तयार
  • प्रमुख खबर

कोसिस थापा                                                                                                                         आउदै गरेको २०२२ मे २९ अर्थात नेपाली २०७९-२-१५ गतेका दिन दुई उत्कृष्ट टिम १३ पटक च्याम्पियन्स लिग बिजेता रियल मड्रिड र ६ पटक बिजेता लिभरपुल क्लबका बिच च्याम्पियन्स लिग उपाधिको लागि फ्रान्सेली क्लब पि•एस•जी को खेलमैदानमा भिड्ने छन। यता रियल मड्रिडले लालिगा उपाधि हासिल गरिसकेको छ भने लिभरपुल पनि १ पोईन्टले लिगमा दोस्रो स्थान हासिल गर्यो। यी दुई टिमहरूको भेट पहिले नभएको भने पक्कै पनि हैन २०१८ मा पनि यीनीहरू बिच भेट हुदा रियल मड्रिडले ३-१ को जितले लिभरपुललाई पराजित गरेको थियो । त्यस समयमा रियल मड्रिडका खेलाडि सर्जि-व रामोशले लिभरपुलका महत्वपूर्ण खेलाडी महमद सलाहलाई फ्वल गर्दा उनको हातमा समस्या आउनुका कारण खेलमैदान छाड्नु परेको थियो तर भने यस पालि महमद सलाहले एक अन्तर्वार्तामा उनि रियल मड्रिडसँग पहिलेको हारको बदला लिन तयार रहेको बताएका छन।

लिभरपुलमा महमद सलाह, डिएगो जोटा,साडियो माने , ट्रेन्ट एलेक्जेन्डेर ,जस्ता खेलाडी रहेका छन भने रियल मड्रिडमा यस बर्षको ब्यालोन ड्वरका हकदार करिम बेन्जेमा लालिगा र च्याम्पियन्स लिगको सबै भन्दा बढी गोल गर्ने खेलाडि रहेकाछन ।उनको साथमा भिनिसियस जुनियर, रोड्रिगो,लुका मोड्रिक जस्ता खेलाडी रहेका छन। लिभरपुलले च्याम्पियन्स लिगको फाइनलसम्म पुग्नको लागि बेनिफिका, भिल्लारियल,चेल्सि, जस्ता टिमलाई पछि पारेको छ भने रियल मड्रिडले पि•एस•जी, चेल्सी,मेन्चेस्टर सिटी जस्ता दाबेदार टिमलाई पछि पार्दै यहाँ सम्म पुगेको छ।

रियल मड्रिडले यस सिजन सुपरकप र लालिगा हासिल गरेको छ भने लिभरपुलले यस सिजन केराबा-व कप र चेल्सीलाई पेनाल्टीमा हराउदै एफ•ए कप हासिल गरेको छ। तपाईको बिचारमा के रियल मड्रिडले १४ औँ पटक च्याम्पियन्स बन्ने छ वा लिभरपुलले बदला लिएर ७औँ पटक च्याम्पियन्स बन्ने छ? हेरौ अब खेेलमा के हुने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्