पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने र समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् ।
उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारीक तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न÷नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् ।
वायुसेवा संचालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले आज प्रधानमन्त्रीलाई पत्र लेख्दै संवाद नै नगरी मन्त्री आलेले एकतर्फी अभिव्यक्ति दिएको बताएका हुन् ।
यसअघि मन्त्री आलेले अषाढ १ मा संसदमा बोल्दै प्रेस राइज जहाज १० वर्ष र नन्प्रेस राइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए । अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।
१२ माघ २०८१, शनिबार