पोखरा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्य वृद्धि गरेको छ ।आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरा नै कायम रहेको छ ।
पेट्रोलको मूल्य २१ रूपैयाँले वृद्धि गरेर प्रतिलिटर १९९ रुपैयाँ पुर्याएको छ । भने, डिजल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ रुपैयाँ मूल्य पुर्याएको छ ।