एमालेबाट उपसभामुखमा विद्या भट्टराईकाे उम्मेदवारी
  • प्रमुख खबर

काठमाडौं ।

उपसभामुखको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। एमालेको तर्फबाट सांसद विद्या भट्टराईले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन्। यसअघि एमालेले लोसपाले उम्मेदवार उठाए समर्थन गर्ने जनाएको थियो।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छिन्। उनले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी छन्। उपसभामुखको निर्वाचन भोली शुक्रबार दिउँसो १ बजे हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्