सरकारले निर्वाचन मिति ताेके संगै विभिन्न राजनैतिक दल काे तर्फ बाट आकाक्षिहरूकाे उमेद्वारी दर्ता गर्ने काम सुरु भएको छ । यसै गरी गण्डकी प्रदेश सभा सदस्य काे लागी गण्डकी प्रदेश निर्वाचन क्षेत्र नं १ क बाट नेपाली काङ्ग्रेसका युवा तथा जुझारू नेता बिक्रम गुरुङले पनि आफ्नाे उमेद्वारीकाे लागि पार्टी मा दर्ता गराएका छन् ।
गुरूङ नेपाली काङ्ग्रेसकाे सकृय राजनीति मा निकै लामाे समय देखि लागिरहेका ब्यक्ति हुन् । साथै जनजाती संघ पाेखरा महानगर पालिका वाड नं ३१ का अध्यक्ष पनि रहेका गुरूङ नेपाली काङ्ग्रेसकाे पारिवारीक पृष्ठभूमी बाेकेका ब्याक्ति हुन मेरो रगत मा मेराे नशा नशा मा नेपाली काङ्ग्रेस रहेकाे र मेरो बुबा बाजेले पनि पार्टीको लागि ठुलाे याेगदान गरेको बताउछन् ।
तरूण दल कास्कीका जिल्ला सदस्य पनि रहेका गुरूङ लाेकतान्त्रिक गणतन्त्रको स्थापनाकाे लागि म आफू स्वयम् पनि आन्दोलनमा हाेमिएकाे बताउछन् । अबकाे देशकाे सम्बृदि र बिकासकाे लागि आवाश्यक शक्ती भनेको युवा हाे यी सबै कुराकाे लागि आफुलाई याेग्य ठानेर गण्डकी प्रदेश निर्वाचन क्षेत्र नं १ बाट पार्टीमा नाम दर्ता गराएकाे गुरूङ बताउछन् ।