जन्मदिनको अबसरमा श्रीमती लाई महालक्ष्मी लाइफको बिमा पोलिसी उपहार
  • प्रमुख खबर

पोखरा महानगरपालिका वडा नं . ८  निवासी भुवन जी. सीले श्रीमती अनिता जि. सी को जन्मदिनको अबसरमा  बिमा पोलिसी उपहार प्रदान गर्नु भएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स पोखरा शाखामा भुवन जी. सीले श्रीमती अनिता जि. सीको ३१ अौ जन्म दिनको अबसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको

महालक्ष्मी साबधिक(१६ बर्ष घातक रोगको) जीवन बिमा योजना अन्तर्गत( ५०००००) पाँच लाख बिमाङ्कनको उपहार प्रदान गर्नु भएको छ । सोही क्रममा श्रिमान् भुवन जी. सीले जीवन बिमा अहिलेको आवश्यकता रहेको र हामी सबैले बिमावारे बुझेर बिमा गर्नु पर्ने बताउनु भयो ।

उक्त अबसरमा बिमा कम्पनीका क्षेत्रिय प्रबन्धक अखिल धमलाले जीवन बिमाले बाच्ने आधार प्रदान गर्ने साथै भबिष्यका लागि पनि बचत गर्ने हुनाले फजुल खर्च रकमलाई घटाएर जन्मदिन,बिवाह आदी अबसरमा जीवन पोलिसी उपहार प्रदान गर्नु प्रसस्निय रहेको बताउनु भयो । साथै उँहाले जीवन बिमा आजको आवश्यकता रहेको हुदा सबैलाई खुलेर बिमा गर्नु हुन आव्हान गर्नु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्