रामप्रसाद पाैडेल
९ असाेज २०७९-पाेखरा
अति छाेटाे समयमै स्थापित कलाकार बन्न सफल हुनु भएकाे वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेले अाफ्ना कलाकृतिहरुकाे प्रदर्शनी गर्नुभएकाे छ । पाेखरा १२ माटेपानी स्थित एस अार के सी बाेनक्युटकाे पेक्षा गृहमा “द साेल अाँफ इन्फिनिटी ( अनन्त अात्मा ) शीर्षकमा अायाेजित दुई दिवसीय प्रदर्शनी शनिवार साँझ अाैपचारिक कार्यक्रमका बिच उद्घाटन गरियाे । मुख्य अतिथि गंगादेवी लामिछाने, विशेष अतिथि डा पदमनाथ शर्मा र वरिष्ठ चित्रकार दुर्गा बराल वात्सयानले र प्रदर्शनीकाे उद्घाटन गर्नु भएकाे थियाे ।
वरिष्ठ कलाकार हरेराम जाेजुकाे संयुक्ततामा अायाेजित साे पर्दशनीमा न्युराे थेरापि विशेष विभिन्न प्रकारका ८० भन्दा बढी डिजिटल अार्ट प्रदर्शन गरिएकाे छ । कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै प्रा डा निर्मल लामिछानेले वरिष्ठ कलाकार हरेराम जाेजूकाे सम्पर्कमा अाएपछि अाफूलाई पनि अार्ट सिक्न मन लागेकाे र उहाँकै प्रशिक्षणमा निरन्तर प्रयाश गर्दै अाज प्रदर्शन गर्न सफल भएकाे बताउनु भयाे। डा लामिछानेले न्युराे अार्टले बिरामीहरुमा सकारात्मक साेच अभिवृद्धि गराउने र अार्ट थेरापीले उपचार प्रकृयालाई पनि ठुलाे मद्दत पु-याउने कुरा बुझेपछि अाफूले पनि यस प्रकारकाे अार्ट सिकेकाे बताउनु भयाे ।साथै उहाँले अाफूलाई अहाेरात्र समय खर्चेर अार्ट सिकाउने वरिष्ठ कलाकार हरेराम जाेजू प्रति अाभार व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै वरिष्ठ कलाकार हरेराम जाेजू ले न्यूराे अार्ट अन्तराष्ट्रिय स्तरमा धैरै पहिलेदेखि विकास हुँदै अाएकाे भएता पनि नेपालमा भने याे अार्ट भरखर शुरु भएकाे बताउनु भयाे । कलाकार जाेजुले प्रा डा निर्मलकाे ईच्छाशक्ति , खुबी र कलाकाैषलताकाे खुलेर प्रशंसा गर्दै डा लामिछानेले चमत्कारिकरुपमा अति चाडाे अार्ट सिक्नु भएकाेर उहाँकाे प्रतिभा दिनानु दिन बिकास भैरहेकाे बताउनु भयाे । कार्यक्रममा बाेल्दै वरिष्ठ कलाकार दुर्गा बराल वात्सायनले, न्यूराे अार्ट प्रदर्शनीले कलाकाे अाधुनिक विकास गरेकाे बताउनुभयाे । साथै उहाँले अाफूले अाफैलाई भुल्नेगरी सृजनात्मक कलाकाे अन्तरंग साधनामा लिन हुनु भनेकाे अाफ्नाे अहमतालाई बिर्सनु हाे र अहमतालाई बिर्सनु नै चिन्तामुक्त हुनु हाे , चिन्ता भुल्नु नै निराेगी हुनु हाे भन्नू भयाे । प्रदर्शनीमा कला अवलाेकन गर्ने दर्शकहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।