११ असाेज २०७९
रामप्रसाद पाैडेल
पाेखरा १९ घार्मीमा रहेकाे “घार्मी कृर्षी वातावरण तथा पर्यटन सहकारी संस्था लि” ले रेमिटेन्स सेवा शुरु गरेकाे छ । असाेज ११ गते साेमबार बिहान सहकारीकाे कार्यालय घार्मीमा अायाेजित विजया दशमी तथा दिपावलीकाे शुभकामना अादान प्रदान कार्यक्रममा संस्थाका अध्यक्ष पाेषराज पाैडेलले साे कुराकाे जानकारी गराउनु भएकाे हाे ।अध्यक्ष पाैडेलले संस्थामा बृद्दि गरिंदै अाएका अन्य सेवा सुविधाहरु उल्लेख गर्दै अब कार्तिक महिनादेखि विधुत महसुल पनि सहकारी मार्फतनै भुक्तान गर्न सकिने कुरा जनाउनु भयाे ।
अाेजित कार्यक्रममा मुख्य अतिथि जिला सहकारी कास्कीका महासचिव दिपक वास्ताेलाले ” घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले स्थापना भएकाे छाेटाे समयमै उल्लेखनीय प्रगति गर्दै अाएकाे र संस्थाले यस क्षेत्रकाे कृर्षि उपजमा थप उत्साह जगाउने छ भन्नू भयाे ।
कार्यक्रममा स्थानीय समाजसेवी डुन्डिराज पाैडेल, डिल्लिराम पाैडेल, माधव प्रसाद पाैडेल,ज्याेति पाैडेल अमृत अाचार्य लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीलाई नयाँ अायमका साथ अघि बढाउनमा जाेड दिनुभयाे । संस्थाका सहसचिव राज कुमार पाैडेलकाे संचालन रहेकाे साे कार्यक्रममा उपाध्यक्ष प्रदिप पाैडेलले स्वागत मन्तब्य राख्नुभएकाे थियाे ।