काठ्माण्डौं ।
नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्ण बहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । निर्वाचन आयोगमा माओवादी केन्द्रले बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा रहेको थियो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको बताएका छन् ।
सचिव ढकालका अनुसार महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको जानकारी दिएका छन् । मंसिर ४ को निर्वाचनका लागि भनेर यसअघि प्रत्यक्षतर्फबाट उनको नाम दाङ र रोल्पाबाट सिफारिस भएको थियो । तर पछि उनले आफुले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भन्दै आफु समानुपातिकको सूचीमा रहन तयार भएका थिए ।
महराले २०४८ सालसहित अहिलेसम्म सम्पन्न भएका सबै निर्वाचनमा जितेका छन् । उनले २०४८ र २०७० मा रोल्पा तथा २०७४ मा दाङबाट निर्वाचित भएका थिए । पछिल्लो समय उनी २०६३÷०६४ को अन्तरिम संसदमा समेत रहेका थिए ।