रुपन्देही क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसालद्धारा मनोनयन दर्ता
  • प्रमुख खबर

आश्विन–२३

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसालले मनोनयन दर्ता गराएका छन् । एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ । पार्टीले टिकट नदिएपछि भुसालले शनिबार मात्र एमाले परित्यागको घोषणा गरेका थिए ।

उनले उम्मेदवारी दर्ता गराएसँगै संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं.१ क मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र ख बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्