काठ्माण्डौं ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएका उम्मेदवारहरुबाट निर्वाचन आयोगले करिब साँढे ३ करोड रुपैयाँ जरिवाना संकलन गरेको छ ।
निर्वाचन आयोगले जरिवाना नबुझाएसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्न नदिने भएपछि उनीहरुले धमाधम जरिवाना तिरेका हुन् ।
आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार उम्मेदवारी दिन आउनेहरुले पहिलाको जरिवाना नबुझाएसम्म आयोगले आफ्नो प्रणालीमा नाम इन्ट्री गर्न नदिने बताएपछि मात्र उनीहरुले जरिवाना बुझाएको जानकारी दिएका छन् ।
आयोगले दिएको जानकारी अनुसार आज आइतबारसम्म ९३ जनाले ३ करोड ५५ लाख रुपैयाँ जरिवाना बुझाएर आफुहरु उम्मेदवारी बन्ने बाटो खोलेको बताएको छ ।