बिजयादशमिकाे अवसरमा गरिएको कलश यात्राको आय – व्यय सार्वजनिक
  • प्रमुख खबर

पोखरा  असोज ३०                                               क्षत्री समाज नेपाल पाेखरा १६ ले बिजयादशमिकाे अवसरमा यस क्षेत्रमा अबस्थित  चण्डिका, अम्बिका र कालिका माताकाे मन्दिर परिक्रमा, कलस यात्रा र त्रिदेवि शक्ति पिठकाे आरती कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रम को आज आय – व्यय सार्वजनिक गरिएको छ ।

चण्डिका, अम्बिका र कालिका माताकाे मन्दिर परिक्रमा, कलस यात्रा, शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम र पाेखरा १६ का शक्तिपिठ त्रिदेबि माताकाे आरती कार्यक्रमकाे बारेमा सकारात्मक समिक्षा र उक्त कार्यक्रमहरुमा जम्मा भयकाे र गरीएकाे खर्चकाे बिवरण सहितकाे आम्दानि खर्चकाे हिसाव आज एक कार्यक्रम गरी सम्पूर्ण मा जानकारी गराईएको क्षत्री समाज नेपाल पाेखरा १६ का अध्यक्ष संदिप थापाले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरूको उपस्थित रहेको थियो । यस कार्यक्रममा साथ दिई सहयोग गर्नु हुने आमा समूह, टोल बिकास संस्था, क्लब ,मन्दिर व्यवस्थापन समिति र आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई थापाले धन्यवाद प्रकट गर्नु भएको थियो  ।

कलस यात्रा र आरती कार्यक्रम सफल बनाउन क्षत्री समाज नेपाल पाेखरा १६ कार्यसमिति सदस्य र सल्लाहकार सदस्य गरी ३७ जना बाट शक्ति पिठ र माताहरुकाे नाममा एक हजार ( १००० ) प्रति ब्यक्ति उठाईयकाे र श्रद्दालु भक्तजनहरुबाट समेत गरी रु १,३२,८६२ रकम उठेकाे र बिभिन्न शिर्षकहरुमा जम्मा रु ६५,५५५ खर्च गरि रु ६७,३०७ ( अक्षरुपि सडसठ्ठि हजार तिन सय सात रुपैया ) बचत भयकाे जानकारी गराउनु भयो । संस्थाका सचिव गोविन्द बहादुर थापाले कार्यक्रम संन्चालन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्