पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भईरहेको पुरुषतर्फको क्रस कन्ट्रिको प्याराग्लाइडिङ खेल प्रतियोगितामा दुर्घटना हुदाँ एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान प्रतियोगिताका लागी सराङ्गकोटबाट उडेको प्याराग्लाइडिङ केही समयमानै दुर्घटना हुन पुगेको हो ।
उक्त प्याराग्लाइडिङ दुर्घटनाबाट यस नवौं संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएका नेपाली सेनाका २६ वर्षिय निशिम थापाको मृत्यु भएको छ । लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङ खेलमा सहभागी जनाउँदै आएका थापाको प्याराग्लाइडिङ प्रतियोगिताले नै मृत्यु हुन पगेको छ ।
मृतक थापाको घर गोरखा, पालुङटार भएतापनि उनी पोखरा–१० मा बस्दै आएका छन । उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत रहेका छन् ।
अहिले उनको शव पोखरा–८ स्थित मेट्रो सिटी अस्पतालमा रहेको छ । उनको निधनसंगै आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सम्पूर्ण खेलहरु रद्ध भएको आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेपले) जनाएको छ ।