भोलि सार्वजनिक बिदा
  • प्रमुख खबर

काठमाडौं

सरकारले कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमवार एक विज्ञप्ति निकालेर भोलि मंगलबार कात्तिक १ गते संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशैभर सार्वजनिक विदा दिन लागेको हो । जोशीको एक सय तीन वर्षको उमेरमा  आइतबार बिहान निधन भएको थियो ।

मंगलबार सरकारी कार्यालय, सार्वजनिक संस्थान एंव कुटनीतिक नियोगहरु बिदा हुने छन् । साथै सरकारले मंगलबार राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्