नवौं राष्ट्रिय खेलकुदमा आर्मीको अग्रता कायमै
  • प्रमुख खबर

पोखरा, १ कात्तिक नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ ।

अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदक सहित ६५ पदक जितेको छ । अर्को विभागिय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ काँस्य पदक सहित कुल ७४ पदक जितिसकेको छ ।

यसैगरी वागमति प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित कुल ५९ पदक हात पारेको छ । गण्डकी प्रदेशले १४ स्वर्ण, ८ रजत र २० कास्य पदक सहित ३८ पदक जितेको छ ।

यता एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्य सहित ३२ पदक, मधेश प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य सहित १२ पदक, सुदुरपश्चिम प्रदेशले २ स्वर्ण, १ रजत र ११ कास्य सहित १४ पदक जितेको छ ।

लुम्बिनि प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य सहित २२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य पदक सहित ४ पदक हात पारेको छ । अहिले सम्म १ सय ३९ स्वर्ण पदकको छिनो फानो भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्