नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको फराकिलो अग्रता
  • प्रमुख खबर

पोखरा ।।
 
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ८ सय ३३ पदकको छिनोफानो हुँदा आर्मीले १०० स्वर्ण, ७१ रजत र ४९ कास्य पदक सहित कुल २२० पदक जितेको छ ।

दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४२ स्वर्ण, ३७ रजत र ४६ कास्यपदक सहित १२५ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३४ स्वर्ण, ३८ रजत र ६३ काँस्य पदक सहित कुल १३५ पदक हात परेको छ ।

यसैगरी गण्डकी प्रदेशले २२ स्वर्ण, १८ रजत र ३४ कास्य सहित कुल ७४ पदक जित्दा बागमती प्रदेशले १६ स्वर्ण, ३१ रजत र ३९ कास्य पदक सहित ८६ पदक जितेको छ । प्रदेशमा गण्डकी अगाडी छ ।

यता एनआरएनएले ९ स्वर्ण, ७ रजत, ६ कास्य सहित २२ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत २३ कास्य सहित ३५ पदक, प्रदेश १ ले ५ स्वर्ण, १८ रजत र ३२ कास्य पदक सहित ५५ पदक, मधेश प्रदेश १ ले ५ स्वर्ण ७ रजत र २० कास्य सहित ३२ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कास्य सहित ३८ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ८ कास्य पदक सहित ११ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् । अझै १ सय ८२ स्वर्ण पदकको छिनो फानो हुन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्