राखेप सदस्य सचिव घिसिङले गरे गण्डकीका पत्रकारहरुको प्रशंसा
  • प्रमुख खबर

पोखरा ।।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गण्डकीका खेल पत्रकारहरुको प्रशंसा गरेका छन् ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा रहेको मिडिया सेन्टरमा पत्रकारहरु संग भेट गरी गरेको कामको प्रशंसा व्यक्त गर्दै धन्यबाद दिएका हुन् । उनले भने–“नवौं राष्ट्रिय प्रतियोगिता मेरो लागि पहिलो थियो । मेरो नयाँ अनुभव संगै गण्डकीका पत्रकारहरुले प्रतियोसगतालाई सफल बनाउन जुन भूमिका खेल्नु भएको छ त्यो प्रशंसनिय छ ।”

नवौ राष्ट्रिय खेलकुद आफ्ना लागि पहिलो तर यस्ता ठुल्ठूला राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय खेलकुदहरू नेपाली खेलकुद पत्रकारहरूले गरेको कार्य आफूले संधै देख्दै र धेरै पटक व्यहोर्दै सम्हाल्दै आएको उल्लेख गर्दै भने–“गण्डकी प्रदेशका खेलकुद पत्रकारहरूबाट सन्देश अरु सबै प्रदेशका र केन्द्रका खेलकुद पत्रकारहरूले पनि लिएर जानु हुनेछ भन्ने मैले विश्वास लिएको छु । र उहाँहरूलाई त्यो लिएर जानुहोस् पनि भनेको छु ।”

नवौं राष्ट्रिय खेलकुदमा गण्डकीका पत्रकारहरुले जोश र जाँगरका साथ व्यवस्थित रुपमा कार्य गरेको देख्दा आफू पनि उत्साहित भएको बताउँदै भने–“अहिले सबै राष्ट्रिय मिडियाका खेलकुद पत्रकारहरूको भनाइ के छ भने–गण्डकी प्रदेशमा कार्यरत खेलकुद पत्रकारहरूले नवौं राष्ट्रिय खेलकुदमा निकै उत्कृष्ट, निकै व्यवस्थित खालको मिडियाको कामलाई तुल्याएको छ भन्ने उहाँहरू सबैको प्रतिक्रिया छ । यो प्रतिक्रियाप्रति म निकै आभारी छु, त्यसका लागि खुसी व्यक्त गर्न चाहन्छु र गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

तपाईको प्रतिक्रिया दिनुहोस्