कालीका मन्दिर तथा कोतमामलियत व्यवस्थापन समितिको साधारण सभा सम्पन्न
  • प्रमुख खबर

पोखरा , कात्तिक १२
प्राचीन ईतिहास बोकेको पोखरा १६ बाटुलेचौर साहित्यको उर्वर भुमि सहित राजा कुलमन्डल शाहको बासस्थान पनि रहेको यहाँका जन- मानसमा अवगत नै छ । पहिले देखिनै पूजा गर्ने बलि चढाउने जस्ता कार्यहरू यहाँ हुँदै आएका थिए । यस संगै आज कालीका मन्दिर तथा कोतमामलियत व्यवस्थापन समितिको पाचौँ अधिवेशन तथा पन्ध्रौं साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

दुर्गा के सी थापाको अध्यक्षयतामा भएको कार्यक्रममा
प्रमुख अतिथि वडा नम्बर १६ का वडा अध्यक्ष अंमृत तिम्सिलसिना रहनु भएको थियो । स्वागत मन्तव्य संस्थाका सह – सचिव कुल बहादुर खत्रीले राख्नु भएको थियो । कार्यक्रम मा कोषाध्यक्ष बलराम भट्टाराईले आर्थीक पर्तिबेदन प्रस्तुत गर्नु भयो भने सचिव नारायण प्रसाद देवकोटाले आफ्नो प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रम सचिवालय भबन परिसरमा सम्पन्न भएको सह – सचिव कुल बहादुर खत्रीले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न संघ संस्थाका ब्यक्तिहरूको उल्लेखनीय उपस्थित रहेको थियो । सोही मन्दिर परिसरमा बिवाह, ब्रतबन्ध, लगाएत विभिन्न सभा समारोह र गोष्ठी कार्यक्रमहरू संचालन हुँदै आएको सचिव देवकोटाले बताउनु भयो ।

यसै गरि दोस्रो चरणमा दुर्गा के सी थापाको अध्यक्षयतामा ११ सदस्य सहित नयाँ कार्य समिति गठन भएको छ। भने कार्यक्रम सचिव नारायण प्रसाद देवकोटाले संचालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्