नेपाल खेलकुद महासंघ, पोखरा -१६ ले प्रथम मिलिजुली पुरूष डबल्स व्याडमिन्टन प्रतियोगिता संचालन गर्ने
  • प्रमुख खबर

संजय थापा
कात्तिक १७, पोखरा ।।
नेपाल खेलकुद महासंघ, पोखरा -१६ ले प्रथम मिलिजुली पुरूष डबल्स व्याडमिन्टन प्रतियोगिता संचालन गर्ने भएको छ । यहि कात्तिक १८ र १९ गते बिहान ७ बजेबाट  बाटुलेचौरको व्याडमिन्टन हल मा खेल संचालन हुने खेलमा भेन्टान्स तर्फ ४५ बर्ष माथीका खेलाडी सहभागी हुन पाउने छन् भने खेल वडा नम्बर १६ र १९ भित्रका खेलाडीहरू बिच हुने छ । साथै भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउनको लागि यस कार्यक्रमको आयोजना गरिएको संयोजक प्रमोद थापाले जानकारी दिनु भयो ।

सोही खेलमा प्रथम हुनेलाई रू २५ हजार ,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै दोस्रो हुनेलाई रू १५ हजार ,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने तेस्रो हुनेलाई १० हजार शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सह – संयोजक सौरभ थापाले जानकारी दिनु भयो ।

त्यस्तै खेलको नियममा आयोजक द्वारा गोलाप्रथा गरि टिम बनाईनेछ , आयोजको निणय नै अन्तिम निणय हुनेछ, प्रतियोगिता प्लास्टिक कर्कमा खेलाईनेछ, प्रतियोगिताको खेलहरू BWF को नियम अनुसार खेलाईने छ भने वडा नम्बर १६ र १९ का राष्ट्रिय खेलाडीलाई खेलमा समाबेश नगाराउने संयोजक चित्र थापाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्