पोखरा, २१ कार्तिक । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार महादेव गुरुङले मतदाताले आफू प्रती देखाएको माया र सहानुभूतिलाई मतमा परिणत गर्न आग्रह गरेको छन । मतदाताले घरदैलोमा जाँदा पुरानो, भ्रष्टाचार बिरोध, निडर र बिकासप्रेमी नेता जनताको सेवामा आउन चाहेको भन्दै सहयोग गर्ने बताएका थिए ।
उक्त बिचारलाई मंसिर ४ गते हुने निर्वाचनमा मतका रुपमा दिन नेता गुरुङले आग्रह गरेका हुन । गुरुङले आज पोखराको सिद्धार्थ चोक देखि बगालेटोल, कुँवरटोल, आलुमाईला चोक हुँदै सृजना चोक सम्म घरदैलो र मतदाता भेटघाट गरेका हुन । मतदाताले गुरुङ निस्वार्थ, देशप्रेमी, बिकास प्रेमी र सेवा भाव भएको नेताको रुपमा चिनेको बताए ।
अस्थिर राजनीति, बदलिँदो परिवेश र भ्रष्टाचार बिकास भइ रहँदा गुरुङ जस्तो निता आवश्यक भएको भन्दै यसपालिको निर्वाचनमा क्षेत्र नं. २ बाट गुरुङले जित्नु पर्ने बताए ।