पोखरा ।।
लियो क्लब अफ हेमजाद्वारा शनिबार एक कार्यक्रमको आयोजना गरि जाडोका लागि न्यानो कपडा वितरण गरेको छ । पोखरा–२५,हेमजा सुइखेतमा रहेको जन हितेषी फाउन्डेसनमा रहेका १३ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायान्स क्लब अफ हेमजाका प्रथम उपाध्यक्ष एवं लियो क्लब एडभाइजर सन्तमान श्रेष्ठले बालबालिकालाई न्यानो कपडा बितरण गरेकोमा धन्यवाद दिएका थिए ।
क्लबका अध्यक्ष निराजन अधिकारीले चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको बताए । सामाजिक कार्यका लागि खेलीएको देउसी भैलो कार्यक्रम बाट संकलन गरेको रकमबाट आर्थिक ब्यवास्थापन गरि कार्यक्रम गरेको क्लब कोषाध्यक्ष सुशान्त बास्तोलाले बताए । जन हितेषी फाउन्डेसनका अध्यक्ष बोदराज अधिकारीले चिसो बडदै छ ,यो न्यानो कपडा बालबालीकालाई अतिनै आवस्यक थियो जनु हजुरहरुले देउसी भैलो खेलेर बालबालीकाहरुको खुशीका लागि न्यानो कपडा सहयोग गर्नुभया, त्यसप्रति फाउन्डेसन परिवार आभारी रहेको बताए ।
कार्यक्रममा लियो डिस्ट्रिक ३२५ जे नेपालका उपाध्यक्ष बिष्णु प्रसाद दाहाल, पुर्व अध्यक्ष नवीन त्रिपाठी ,निवर्तमान अध्यक्ष सबिना तिमिल्सिना, नेपाल चिल्ड्रेन होमका संस्थापक अध्यक्ष जोलु आरती साथै लियो क्लब अफ हेमजाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । प्रथम उपाध्यक्ष मनोज त्रिपाठीले स्वागत गरि सुरु भएको कार्यक्रममा ध्वजाको अबिभाद्न सहसचिव सुशील त्रिपाठीले र लियो प्लेज सन्तोष त्रिपाठीले बाचन गरेका थिए ।क्लबका अध्यक्ष निराजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कपिल दाहालले गरका थिए ।