भरपोखरी र काँहुका मतदाताहरुद्धारा विकास प्रेमी र भ्रष्टाचार विरोधी नेता गुरुङ्गलाई मंसिर ४ को निर्वाचनमा सघाउने
  • प्रमुख खबर

पोखरा ।

कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार महादेव गुरुङ्गले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लिएर आफ्नो घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाईरहेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट पुतलि चिन्ह लिएर स्वतन्त्र पदमा उठेका गुरुङ्गले आफ्नो चुनावी कार्यक्रम अन्र्तगतको घरदैलो कार्यक्रममा आज भरतपोखरी र काँहुका जनताहरुको घर–घरमा गएर मतको लागि आग्रह गरेका छन् ।

सो घरदैलो कार्यक्रममा मतदाताहरुले महादेव गुरुङ्ग स्वच्छ छवि भएको, विकास प्रेमी, भ्रष्टाचार विरोधी, निडर र एक कुशल नेता भएको बताउँदै मंसिर ४ मा हुने निर्वाचनमा सघाउने बताएका छन् । त्यहाँका जनताहरुले विकासप्रेमी नेता जनताको सेवामा आउन चाहेको भन्दै गुरुङ्गको उम्मेदवारीको प्रशंसा गर्दै पूर्ण रुपमा साथ–सहयोग गर्न तयार भएको पनि बताएका छन् ।

सो घरदैलो कार्यक्रमका दौरान गुरुङ्गले पछिल्लो समय नेपालको राजनीतिलाई हेर्ने हो भने यसलाई केही नेता तथा व्यक्तिहरुले पेसा र ठगी खाने भाँडो बनाएको बताए । उनले हाल कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाले पैसा र शक्तिको आडमा टिकट बाँड्ने कार्य गरेको बताउँदै त्यसको विरोधमा आफुले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् ।

उनले भोलिका दिनमा कुनै पनि व्यक्तिलाई टिकट दिँदा पार्टीभित्रका ठूला नेताले हजार पटक सोच्न बाध्य होस् र गलत ढंगमा कुनै योग्दान बेगर कुनैपनि व्यक्तिलाई टिकट दिँदा त्यहाँ अर्को महादेव गुरुङ्गको जन्म भई विद्रोह गर्न सक्छ भन्ने हेक्का होस् र त्यो अवस्था सृजना गर्नका निम्ति नै आफुले उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।

केही व्यक्ति र नेताहरुको स्वार्थपुर्तिका लागि नेतृत्व तहमा रहेका नेताहरुले विचार–सिद्धान्त फरक हुदाँ–हुँदै पनि वामपन्थी कम्युनिष्ट र प्रजातन्त्रवादी कांग्रेसबीच गठबन्धन गरेर स्वार्थ साँध्ने र प्रजातन्त्रलाई सिध्याउँने कार्य मात्र भएको जनाएका छन् ।

उक्त घरदैलो कार्यक्रममा सो ठाउँका मतदाताहरुले महादेव गुरुङ्ग जस्तो पुरानो अनि जनताको भावना बुझेर जनताको हितको लागि काम गरेका नेता पून जनताको लागि सर्मपित हुन्छु भन्दै जुन कदम चालेर चुनावी माहोलमा होमिएका छन् यस ठाउँका बासीहरुले पूर्ण रुपमा पुतली चिन्हमा मतदान गरि सहयोग गर्ने बताएका छन् ।

त्यस्तै त्यस ठाउँका मतदाताहरुले गुरुङ्ग निस्वार्थ, देशप्रेमी, विकासप्रेमीका साथै एक सच्चा नेताका रुपमा आफुहरुले चिनेको बताएका छन् । कास्की क्षेत्र नं. २ मा गुरुङ्ग जस्तो नेता उम्मेदवारीका रुपमा पाउँनु यस क्षेत्रका मतदाताहरुका लागि गर्वको कुरा भएकोले गुरुङ्गले पुन एकपटक चुनाव जित्नुपर्ने पनि बताएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्