दरिलो सरकार, काममा रफ्तार : मीना गुरुङ
  • प्रमुख खबर

पोखरा, २६ कत्तिक
देशमा धेरै पटक चुनाव भए तर चुनावले कहिले बहुमत र अहिले गठबन्धन, अल्पमतका सरकार बने, गिरे । संसदीय राजनीतिको यो कुरुप पक्षले जनतालाई दिक्क पारेको छ । अहिले सत्ता गठबन्धनका दल एकातिर र एमाले एक्लै अर्कातिर भएर चुनावमा गएका छन् । यो अवस्थामा जनताले स्थिर, दरिलो सरकार र तीव्र विकासका लागि एमालेलाई नै छान्ने मीना गुरुङ बताउँछिन् ।

कास्की २ (२) मा एमालेबाट उम्मेदवार बनेकी उनले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दाबी गरिन् । उनले भनिन्, ‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ । जनताले ५ तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेका छन् ।’ गण्डकी प्रदेशसभाकी निवर्तमान सांसदसमेत रहेकी उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्न पनि आफू दोहोरिन चाहेको उल्लेख गरिन् ।

शनिबार पोखरा ९ मा घरदैलोका क्रममा उनले मतदातले दिएको सुझावलाई आत्मसाथ गर्दै यस क्षेत्रको विकास, निर्माणमा समर्पित हुने प्रण गरिन् । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छाशक्ति एमालेसँग मात्र भएको दाबी गरिन् । यो क्षेत्रमा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कतै समस्या नभएको उनले जनाइन् । ‘हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । म सँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई चुनावी अभियानमा हुनुहुन्छ । हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको मुख्य आधार हो ।’

तपाईको प्रतिक्रिया दिनुहोस्