पोखरा।।
पोखरामा अबस्थित महालक्ष्मी लाईफ इन्स्योरेन्सले मृत्यु दाबी (बीमाङ्क) रकम भुक्तानी गरेको छ । शुक्लागण्डकी नगरपालिका ११ तनहुँका कमल बहादुर चन्दको ६१ बर्षको उमेरमा असामायीक निधन भएको थियो । भने स्वर्गीय बीमित चन्दले भदौं ३१ गते महालक्ष्मी लाईफ इन्स्योरेन्समा १५ लाख रुपैयाँको बीमा गर्नु भएको थियो ।
इन्स्योरेन्स कम्पनीले बीमितका छोरा अमृत कुमार चन्दलाई बीमा लेख नम्बर ४०१००००५८८ का आधारमा बीमा कम्पनीका क्षेत्रीय प्रन्धक अखिल धमलाले १६ लाख ५० हजार रुपैयाँ हस्तातरण गर्नु भएको छ । स्वर्गीय चन्दले इन्स्योरेन्स कम्पनीमा २ किस्तामा ३ लाख ४५ हजार ४ सय ३५ रुपैयाँ जम्मा गरेका थिए । चन्दको ०७९ साउन २५ गते मृत्यु भएको थियो ।