चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरे । लामिछानेले ४९ हजार २ सय ६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे ।