पोखरा ।
गण्डकी प्रदेश सभामा निविरोध निर्वाचित भएका स्वतन्त्र सांसद राजिव गुरुङ्ग (दिपक मनाङे) नेकपा समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मन्त्री गुरुङ्गलाई आज पार्टी प्रवेश गराएका हुन् ।
आम निर्वाचनमा २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका उनी मनाङ जिल्लाबाट प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका थिए । उनी समाजवादीमा प्रवेश गरेसँगै गण्डकी प्रदेशमा रिक्त रहेको समाजवादीको प्रदेश सभामा प्रवेश हुने भएको छ ।
अघिल्लो कार्यकाल अर्थात २०७४ मा पनि स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका गुरुङ्ग गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत हुन् ।
मन्त्री गुरुङ्गले एक विज्ञप्ती जारी गर्दै नेपालको सच्चा कम्युनिष्ट नेकपा समाजवादी रहेको भन्दै आफ्नो सिद्धान्तसँग पनि मेल आएको धारणा व्यक्त गरेका छन् । नेकपा एसमा प्रवेश गरेसँगै उनले आगामी गठबन्धन नेतृत्वको सरकारमा मन्त्री पद पाउने चर्चा पनि यतिबेला चल्न थालेको छ ।