मंसिर २३, पोखरा ।।
पोखरा महानगरपालिका वडा नम्बर ११ स्थित मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी भेट्न गएकी पोखरामहानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी उनी तेस्रो तलाबाट खसेकी हुन् ।
अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको कुरुवाका लागि गएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको प्रहरीले जानकारी दिएको छ । टाउको र शरिरका विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएकी थिइन् । घाईते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई ।