चौथो बंगबन्धु कप दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिबार बंगलादेश जाने
  • प्रमुख खबर

काठ्माण्डौं।

चौथो बंगबन्धु कप दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्ने भएका छन् । उक्त खेलमा सहभागी हुन १६ जना खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बंगलादेश जाने भएका हुन् ।

शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने सम्पूर्ण खेलाडीसहित अन्य सदस्यीय टोलीलाई सफलताको शुभकामना दिएका छन् ।यस प्रतियोगिता डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाका स्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियममा हुने भएको छ ।

नेपालबाट उक्त प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका पुरुष खेलाडी टोलीले ३ तथा महिला खेलाडी टोलीले विधामा सहभागिता जनाउने भएका छन् । पुरुषले रेगु टिम, क्वाड र रेगु तथा महिला टोलीले क्वाड र रेगुमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुष खेलाडीमा रोशन तामाङ्ग, रविन भट्टराई, संगित थापा मगर, विपिन थनेत, विजय महतो, पदम बहादुर ठाडा मगर, सूर्य कुमार चौधरी, दिपेशजंग थापा, उमेश बहादुर महतो, राजीव कालाखेती, सन्देश राई र चन्द्र चौधरी रहेका छन् ।

महिलामा सुमित्रा डंगोल, कमला दर्जी, रुथ कुमारी श्रेष्ठ, निरु थापा मगर र भविसरा ढकाल रहेका छन् । पुरुषतर्फ मु्ख्य प्रशिक्षकमा वीरेन्द्र विक्रम लिम्बु र महिलातर्फ मुख्य प्रशिक्षकमा लोकमणि आत्रेय रहेका छन् ।

यस प्रतियोगितामा पुरुष तथा महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी पाँच राष्ट्रको सहभागिता रहने नेपाल सेपाकताक्रो संघका अध्यक्ष एंव यस टोलीका प्रमुख नेत्र प्रसाद गुरुङ्गले जानकारी दिएका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्