नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा शनिबार पोखरामा नेवारी भोज कार्यक्रम हुने
  • प्रमुख खबर


पोखरा।

नेवाःखल कास्की र नेवाःमिसा पुचःकास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । शनिबार झ्वःभ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचःकास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिएका छन् ।

साँस्कृतिक गतिविधि मार्फत नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाःखलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको आयोजना गरिएको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले बताएका छन् ।

पोखरामा पहिलो पटक २०७२ सालमा झ्वःभ्वयको आयोजना गरिएको थियो । हरेक २÷२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उनले जानकारी दिएका छन् ।

नेवारी खानका परिकारलाई फुड कल्चरका रुपमा विकसित गर्न तथा परम्परादेखि चलिआएको खाद्य संस्कारका बारेमा युवा पुस्तालाई समेत जानकारीका लागि कार्यक्रम सहायक हुने कार्यक्रम संयोजक मोहिनी श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्र योगिनी नाच समेत प्रस्तुत गरिने नेवाःमिसापुचःका संस्थापक अध्यक्ष शान्ती उदासले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा १ हजार २ सय जनालाई भोज खुवाइने लक्ष्य रहेकने उदासले बताएका छन् । कार्यक्रम भिमसेनटोल स्थ्ति नेवाः छेः मा आयोजना हुने छ ।

कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्नगर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्