पुष्पलाल मध्यपहाडि राजमार्ग संघर्ष समितिका सम्पुर्ण कार्यक्रम स्थगित
  • प्रमुख खबर

पोखरा,९ पौष ।।
पुष्पलाल मध्यपहाडि राजमार्गबाट पाेखरा १६ र १९ खण्डमा बिना सुचना रेखाङकन गरि बिना जानकारी टेन्डर पश्चात ठेक्का प्रकृयामा रहेकाे कार्यकाे बिराेधमा पाेखरा महानगरपालिका कार्यालय कास्किमा गरियकाे धर्ना लाई  नगर प्रमुख धनराज आचार्यबाट सकारात्मक रुपमा लिई वार्तामा बाेलाई यस भेगका पुष्पलाल मध्यपहाडि राजमार्गबाट पिडित हुन सक्ने महानुभावहरुलाई सम्बाेधन हुने गरी सम्बन्धित आयाेजना निर्देशनालय, बुद्दनगर काठमाडाैमा अर्काे बिकल्प नखाेजिन्जेल उक्त पाेखरा १६ र १९ खण्डकाे रेखाङकन र टेन्डर प्रकृया तत्काल राेक्नकाे लागि पत्र मार्फत अनुराेध गरीयकाे जानकारी गराउनु भयो ।

धर्ना कार्यक्रमलाई सकारात्मक रुपमा लिई आफना नागरिक माथिकाे दायित्व निर्वाह गर्नु हुने पाेखरा महानगर प्रमुख धनराज आचार्य प्रति पुष्पलाल मध्यपहाडि राजमार्ग पिडित संघर्ष समिति पाेखरा १६ परिवारले आभार प्रकट गर्दै पाेखरा १६ खण्डकाे पुष्पलाल मध्यपहाडि राजमार्गकाे रेखाङकन गलत भयकाे कुरालाई सकारात्मक रुपमा लिई हामी पिडितलाई साथ दिनुहुने सम्पुर्ण जग्गाधनि, धरधनि, पर्यटकिय क्षेत्रका चिन्तित महानुभावहरु, शैक्षीक क्षेत्रका चिन्तित महानुभावहरु, धार्मिक क्षेत्रका चिन्तित महानुभावहरु, बुद्दिजिविहरु, लगायत बिभिन्न आमा समुह, क्लव, समाजहरु प्रति धन्यवाद ब्यक्त गर्दै अर्काे सुचना नभईन्जेल सम्मका लागि भाेलि देखिका सम्पुर्ण संघर्षका कार्यक्रम स्थगित पुष्पलाल मध्यपहाडि राजमार्ग आयाेजना पिडित संघर्ष समितिका सचिव सन्दीप थापाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्