सरिता गुरुङ्ग
पोखरा ।
पोखरा रंगशालामा विहीबारदेखि आयोजना हुने २२ औं संस्करणको आहा ! रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । सहारा क्लबद्धारा प्रतेक वर्ष आयोजना गर्दै आएको यस फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
यही पौष १४ देखि २३ गतेसम्म पोखराको रंगशालामा संचालन हुने यस प्रतियोगितामा आयोजक सहारा क्लबसँगै, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्याङदी, नेपाल प्रहरी, मच्छिन्द्र क्लब, संकटा क्ल, त्रिभुवन आर्मी क्लब, र्चच ब्वाईज, भुटानिज युथ स्पोर्टस क्लब युएसए र धरान फुटबल क्लब गरी १० टिमको सहभागीता रहनेछ ।
पौष १४ गते (विहीबार) हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । हिमश्री फुड्सद्धारा उत्पादित आहा ! रारा चाउचाउको मुख्य प्रायोजन रहेको यस गोल्डकपको पुरस्कार राशीमा केही रकम बद्धि भएको छ । जसअन्र्तगत प्रथम हुने टोलीले नगद १२ लाख प्राप्त गर्ने भएको छ । यो रकम अघिल्लो वर्षको भन्दा २ लाख बढी हो ।
यस्तै दोस्रो हुने टिमले नगद ६ लाख रुपैँया प्राप्त गर्ने भएको छ । यो गत वर्षको भन्दा १ लाख बढी हो ।प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार, फाइनल खेल बाहेक अन्य खेलमा म्यान अफ दि म्याच घोषणा हुने खेलाडीले ८ हजार, निष्पक्ष टिमलाई १० र प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।
त्यस्तै आयोजक सहारा क्लबले यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय पुरस्कारबाट अनन्त तामाङ्गलाई सम्मान गर्ने भएको छ । तामाङ्गलाई नगद ५० हजार सहित दोषल्ला र ताम्रपत्रले सम्मान गर्ने भएको हो । यसअघि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट सम्मानित हुने खेलाडीहरुलाई सहाराले नगद ३५ हजार दिने गरेको भएतापनि यस वर्ष सो पुरस्कार राशीमा १५ हजार बद्धि गरी ५० हजार पु¥याएको हो ।
यस प्रतियोगिता हेर्नको लागि आयोजकले प्रि र क्वाटरफाइनलमा टिक शुल्क १ सय, सेमिफाइनलमा २ सय र फाइनल खेलको लागि ३ सय कायम गरेको छ ।कुल १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार खर्च हुने अनुमान रहेको क्बलका महासचिव रामजी प्रसाद अधिकारीले बताएका छन् ।
उनका अनुसार सम्पूर्ण खर्च कटाएर करिब ४५ लाख ९४ हजार बचत हुने अनुमान रहेको र सो बचत रकमलाई सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने पनि जानकारी दिएका छन् । हाल उक्त एकेडेमीमा तेस्रो ब्याचका १० जिल्लाका १३ जना प्रशिक्षार्थीहरु रहेका छन् ।