अन्तर संकाय खेलकुद प्रतियोगिता अन्तर्गत दौड प्रतियोगिता सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।

भीमकालीपाटन बगर स्थित पि एन क्याप्पसमा सम्पन्न भई रहेको अन्तर संकाय खेलकुद प्रतियोगिता कार्यक्रममा ५ किलोमिटर दौड छात्र प्रतियोगिता भएको छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा छात्रतर्फ ३२ जना र छात्रातर्फ – २१जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यको प्रमुख अतित्थतामा सम्पन्न भएको सो दौड प्रतियोयगितामा व्यवस्थापन (वि.वि.एस.) संकायका सन्जोक घर्तीले १७ः५१ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरे भने व्यवस्थापन (वि.वि.एस.) कै विवेक तिलिजाले १८ः०७ मिनेटमा दौड सम्पन्न गरी दास्रो र व्यवस्थापन (वि.वि.एस.) कै आकाश थापाले १८ः५३ मिनेटमा दौड सम्पन्न गरी पुरुष तर्फको दौडमा तेस्रो स्थान हासिल गरे ।

साथै छात्रातफको दौडमा वि.वि.एस. (वि.वि.एस.) संकायकी अनिशा भण्डारीले २५ः३६ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरिन भने व्यवस्थापन  (वि.वि.एस.) कै अञ्जु गिरी ले २५ः५७ मिनेटमा दौड सम्पन्न गरी दास्रो र मानविकी (वि.ए.) संकायकी सुशिला शाहीले २६ः२४ मिनेटमा दौड सम्पन्न गरी तृतिय स्थान हासिल गरिन ।

सो कार्यक्रममा बोल्दै खेलकुदमा विश्व परिवर्तन गर्ने शक्ति भएको  र यो एक आधारभूत अधिकार पनि भएकोले  सामाजिक सम्बन्धलाई सुदृढ गर्न र दिगो विकास र शान्ति र एकता र सम्मानका लागि एक शक्तिशाली उपकरणका रूपमा खेलकुदलाई लिईनुपर्ने कर्मचारी राजेन्द्र सुवेदीले बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्