पोखरा ।
पोखरेली मञ्ज यूकेको नेतृत्वमा १७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा सहभागिता जनाउन यूकेबाट ३० जना भन्दा बढी पोखरा आउने भएका छन् ।
आगामी फाल्गुन ६ गते हुने उक्त म्याराथन प्रतियोगितामा सहभागि हुन उनीहरु पोखरा आउने भएको मञ्चका अध्यक्ष करम गुरुङ्गले बताएका छन् ।
यसपटकको १७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनमा च्यारिटि स्वरुप टि–स्टल राख्ने तयारी आफुहरुले गरेको उनले जानकारी दिएका छन् । अध्यक्ष गुरुङ्गका अुनसार उक्त दिन राखिने च्यारिटि टि–स्टलमा बिक्रि भएको रकमलाई पोखरा म्याराथनमा सहयोग गर्ने बताएका छन् ।
हालै मात्र सम्पन्न भएको मञ्चको बैठकले पोखरा म्याराथनको तयारीका लागि मञ्चकी सदस्य समेत रहेकी पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ्गको संयोजक र मिना गुरुङ्गको सह–संयोजक रहेको समिति समेत गठन गरेको छ ।