पोखरा ।।
कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको रुपमा डम्बर बहादुर (डि.बी.) नेपालीलाई जिम्मेवारी दिइएको छ । यस अघि कार्यालय प्रमुखका रुपमा प्रकाश बरालले जिम्मेवारी सम्हाल्दै आएका थिए । तर बरालले मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएलगतै उक्त पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामासँगै कार्यालयमा केही समयदेखि उक्त पद रिक्त अवस्थामा रहेको थियो । कास्की जिल्ला खेलकुद विकास समितिको रिक्त रहेको उक्त पदमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालीलाई जिम्मेवारी दिएको हो । नेपाली हाल पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिमा लेखापालको रुपमा कार्यरत भई जिम्मेवारी सम्हाल्दै आएका थिए । यस्तै यस विषयमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले नेपालीलाई परिषदले रिक्त रहेको प्रमुख पदको जिम्मेवारी हेर्न खटाएको जानकारी दिएका छन् ।