सुनको भन्दा नुनको मुल्य महङ्गो हुन थालेको भन्दै व्यवसायीले भाडा तिर्दैनौं भन्नु गलत: निर्देशक तिवारी
  • प्रमुख खबर

सरिता गुरुङ
पाेखरा ।।

पाेखराकाे पृथ्वीचाेकमा हङकङ बजार नामकाे बजार सञ्चालनमा रहेकाे छ । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय गण्डकीको करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा पोखराको फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई २०६९ सालमा विभिन्न राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय र स्थानीयको सहमतिमा साे ठाउँमा स्थानान्तरण गरिएको थियो ।

त्यस जग्गामा ती व्यवसायहरुलाई स्थानात्तर गर्नुपूर्व नै कृषि सामग्री कम्पनीले मिलन प्रसाद तिवारीलाई साे जग्गा भाँडामा दिएको थियो । तिवारीले जग्गा भाँडामा लिदा कृषि सामग्रीसँग गरेको सम्झौता ०७८ माघमा सकिएको थियो ।

कम्पनीसँगकाे जग्गा भाडा समाप्त भै ०७९ चैत्र २१ गते कृषि सामग्री कम्पनीले हङकङ बजारको जग्गालाई पून:भाडामा लगाउन बाेलपत्र अाव्हान गरेकाे थियाे । बाेलपत्र अाव्हान गरेसँगै हङकङ बजारका व्यवसायीहरुले यतिबेला आन्दोलन गरिरहेका छन् ।

व्यवसायीहरुले अान्दाेलन गर्नुकाे प्रमुख कारण पछिल्लाे समय अाफुहरुले व्यापार-व्यवसाय गर्दै अाएकाे पाेखरा हङकङ बजारमा विगतमा जस्ताे व्यापार नभएको अवस्थामा २० प्रतिशत भाँडा वृद्धिदर रहेकाे छ । तर गुडलक कम्पनीका निर्देशक मिलन प्रसाद तिवारीले हङकङ बजारको भाडा गुडकल कम्पनीले नभएर राज्यले बढाएको बताएका छन् ।

उनले व्यवसायीहरुलाई लक्षित गर्दै सुनको मूल्य भन्दा नुनको मुल्य महङ्गो हुन थालेको भन्दै पृथ्वीचोकमा व्यवसायी गर्ने व्यवसायीले भाडा तिर्दैनौं भन्नु गलत भएको बताए ।

निर्देशक तिवारीले हङकङ बजारको भाडादर समय सान्दर्भिक भएकाले व्यवसायीहरुसँग नै बसेर नयाँभाडादर कायम गर्ने पनि जानकारी दिए ।

उनले अाफ्नाे कम्पनी गुडलकले नेपाल सरकारकाे खरिद ऐन, सूचनाकाे मर्म र प्रक्रियाका अाधारमा तेस्रो चरणमा सम्झौता गर्न छनाैट भै कृषि सामाग्री कम्पनीले सार्वजनिक गरेका सर्तहरु समेत मञ्जुर गरि नयाँ भाडादर लागू हुने सर्त अनुसार भाडा लिने र दिने सम्झौता भएको स्पष्ट पारेका छन् । त्यसैले हङकङ बजारको भाडा गुडलक कम्पनीले नभएर सरकारले नै बढाएको उनले दोहोर्याएका छन् ।

यस्तै निर्देशक तिवारीले पाेखराकाे हङकङ बजार अाफुहरुकाे ब्राण्ड भएको र यसलाई सुरक्षित राख्नु राज्य पद्धप्त अधिकार उपयाेग गर्न पाउनु अाफुहरुकाे अधिकार भएको बताए ।

उनले व्यवसायीक प्रतिस्पर्धा र स्वतन्त्रता, नागरिकको अधिकार र कानुनकाे पालना गर्नु अाफुहरु सबैकाे कर्तव्य र दायित्व भएको भन्दै कानुन र विधि संगत अाफुहरुकाे व्यवसायीक स्वतन्त्रता माथि प्रतिकुलता सृजना नगर्न सम्बन्धि सबै सराेकारवालाहरुसँग अाव्हान पनि गरेका छन् ।

कृषि सामग्री कम्पनीले सार्वजनिक गरेको बोलपत्रमा भाग लिएको विभिन्न कम्पनी मध्ये पहिलो र दोस्रो पक्षले टेण्डर प्रक्रियामा उपस्थित नभएपछि तेस्रो पक्ष गुडलक कम्पनीले उक्त जग्गा भाडामा लिएको हो ।

गुडलक कम्पनीले मासिक १५ लाख ५६ हजार ५ सय ५६ रुपैयाँ कृषि सामग्री कम्पनीलाई बुझाउने गरी जग्गा भाडामा लिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्