पोखरा ।।
पोखरा १६ को बाटुलेचौरमा अबस्थित
केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरका पूर्व मेयर एबमं गन्डकी प्रदेशका पूर्व संसद कृष्ण थापा रहनु भएको थियो भने बिशिस्ट अतिथि गन्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री कुमार खड्का रहनु भएको थियो । कार्यक्रमा थापा र खड्काले सहकारीले पर्यटनलाई बिकास गर्नका लागी पोखराको महेन्द्र गुफा र चमेरी गुफालाई मध्य नजर गर्दै केभ सिटि गार्डेन रेष्टुरेन्ट संचालन गर्दै रोजगारीको सृजना संगै पर्यटनलाई अगाडि बढाएकोमा सहाकारीको प्रशंसा गर्नु भएको थियो ।
संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष बेनी बाहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष- दुर्गालाल श्रेष्ठ, उपाध्यक्ष- प्रकाश थापा, सचिव- तुलबहादुर बस्नेत, सहसचिव- चन्द्र कुमारी देवकोटा, कोषाध्यक्ष-मोहन बहादुर थापा, सह कोषाध्यक्ष- प्रकाश भट्टराई र सदस्यहरुमा केदारनाथ अधिकारी, कुमार श्रेष्ठ, बलराम तिमिल्सिना,यम बहादुर खवास, गंगा कार्की सर्वसम्मत चयन हुनुभएको छ ।
केभसिटि पर्यटन सहकारी संस्थाका अध्यक्ष बेनी बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन संस्थाका सहसचिब चन्द्रकुमारी देवकोटाले गर्नु भएको थियो ।