१९औं लेखनाथमहोत्सवकोतयारी अन्तिम चरणमा
लेखनाथउद्योग वाणिज्य संघले यहिपुष ५ गते देखि १६ गते सम्मआयोजना गरेको १९ औ संस्करणको लेखनाथमहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीयउत्पादनविकास र सम्मृद्धि भन्ने नाराको साथआयोजनागर्न लागिएको महोत्सवको ९५ प्रतिशततयारी पुरा भएको मंगलबार आयोजितपत्रकार सम्मेलनमाआयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्षएवं महोत्सवकामूल संयोजकविनोद श्रेष्ठले लेखनाथउद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तलाप्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथमहोत्सवगर्दै आएको र विभिन्नजातजातिभाषाभाषीलाई एकै थलोमाउपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजनागरिएको वताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमाउत्पादीतवस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्रीएवं महिलाउद्यमीहरुको उत्पादनहरुको प्रर्दशनीएवं विक्रिगरिने वताए ।
यस्तै महोत्सवकाप्रचार प्रसार संयोजकएवं लेखनाथउद्योग वाणिज्य संघका प्रथमउपाध्यक्षउपेन्द्रराज सुवेदी‘राजु’ले विश्वव्यापी रुपमा देखिएको आर्थिकमन्दिका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको वताए ।
उक्तअवसरमा नेपालपत्रकार महासंघ कास्कीशाखाकाउपाध्यक्ष रामप्रसादतिमिल्सीनाले लेखनाथमहोत्सवलाई शुरुवातकादिनदेखी नै आफुले नियाल्ने अवसर प्राप्तगरेको र निकै ठुलो संर्घषलाई पार गर्दै महोत्सवले अहिलेको सफलताहासिल गरेको वताएकाथिए । उनले मेला र महोत्सवमा फरक रहेको वताउँदै महोत्सवले स्थानियकला संस्कृतिको संरक्षण एवं जर्गेनागर्दै स्थानियप्राकृतिकतथा सांस्कृतिक सम्पदाहरुको संरक्षण पनिगर्ने भएकाले यसकापत्रकार महासंघ कास्कीशाखा संधै साथमा रहेको वताउँदै महोत्सवको सफलताको शुभकामनाव्यक्त गरेकाथिए ।
महोत्सवकोथप आकर्षणको रुपमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, दर्शकहरुका लागि ई-सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईनुका साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुकोसांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती,सुगम संगित अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।
महोत्सवको साहित्यीक कार्यक्रम अन्र्तगतपुस २ गते सोमबार कवि शिरोमणि लेखनाथ पौड्यालको सम्झनामा ‘वर्तमान समयमा कविका कविताहरुको सान्दर्भिकता र महत्व विषयक विचार गोष्ठी, कविता बाचन तथा प्रवचन कार्यक्रम संघको सभाहलमा सम्पन्न भईसकेको छ भने विद्यालय स्तरीय कार्यक्रम अन्र्तगत पुस १ गते आईतबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ, १७ वटा विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलबाट विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ ।
महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ भने विभिन्न जातजातिहरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु रहनेछन ।
महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमाणर् गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवका सह-संयोजकएवं प्रायोजकव्यवस्थापनतथाउप-समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथमहोत्सवलाई स्थानीयले चाड पर्वको रुपमालिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुणर् भुमिका खेलेको दावी गरेकाथिए । संघका अध्यक्षविनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्नकार्यक्रमको सञ्चालनमहासचिवजानुका पराजुलीले गरेकीथिईन भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेकाथिए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीयउत्पादन, विकास र संवृद्धि’ भन्ने मूलनाराका साथआयोजनागर्न लागिएको लेखनाथ महोत्सव २०८० का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४२ सदस्यीय कार्यसम्पादन समिति एवं उपसमिति संयोजक गठन गरिएको छ । करिब ३३४ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।