रामप्रसाद पौडेल
पोखरा सडक महोत्सब संगै सुरु भएको न्युरो आर्ट प्रदर्शनी आज आईतबार साँझ समापन गरिएको छ । प्रदर्शनी स्थल बाराही चौतारीमा आयोजित समापन कार्यक्रममा बोल्दै न्युरो आर्ट नेपालका संयोजक हरेराम जोजीले पाँच दिवसीय प्रदर्शनीमा पचास हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले प्रदर्शनी अवलोकन गरेको र सयौं जनालाई न्यूरो आर्ट विशेष प्रशिक्षण दिईएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदर्शनीका प्रायोजक प्रा डा निर्मल लामिछानेले न्युरो आर्ट एक प्रकारको थेरापी भएकोले मान्छेहरुले यस प्रति अभिरुचि दिएको बताउनु भयो । मान्छेलाई मानसिक एवं सारिरिक रुपमा स्वर्थ्य तंदुरुस्त राख्न न्युरो आर्टले ठुलो मद्दत पु(याउछ भन्नुभयो । नेपालमै पहिलो पटक यसरी मेला उत्सबमा न्युरो आर्ट दर्शाइएको कुरा गर्दै , प्रथम प्रदर्शनमै यसला हजारौ पर्यटकहरुमा सकारात्मक भावना उब्जाएको बताउनुभयो ।
पौष १३ गतेबाट शुरु भई आजसम्म चलेको उक्त प्रदर्शनीमा न्युरो आर्ट नेपाल तथा पोखराका दिग्गज चित्रकारहरुका ६० भन्दा बढी चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।