सरिता गुरुङ्ग
पोखरा ।
१७ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन हुने भएको छ । राष्ट्रको खेलकुद विकासमा विशिष्ट योगदान पु¥याएका खेलप्रेमीहरुको साझा संगठन भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको हो ।
सो म्याराथन प्रतियोगिता फाल्गुन ६ गते पोखरामा हुने मंगलबार मञ्चले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटि म्याराथनको अवधारणा अनुरुप नै यस सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धन गर्न प्रतेक वर्ष यस म्याथन प्रतियोगिताको आयोजना गर्दै आईरहेको मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले बताएका छन् ।
उनले सिटी म्याराथनको अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो म्याराथन पोखरा म्याराथनमा यस वर्ष पुरस्कार राशी वृद्धि गरिएको बताए । अध्यक्ष पराजुलीका अनुसार यस पटकको म्याराथन अन्र्तगत ८ वटा इभेन्टहरु एकै पटक एकै दिन हुने पनि जानकारी दिएका छन् ।
इभेन्ट अन्र्तगत खुला म्याराथन ४२.१९५ कि.मि, २१.०९७ कि.मि.हाफ म्याराथन महिला, १० कि.मि. महिला÷पुरुष दौड, विद्यालयस्तरिय छात्र÷छात्रा ५ कि.मि.दौड, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुने आयोजकले जनाएको छ ।
यस म्याराथन प्रतियोगितमा खुलातर्फ प्रथम हुनेले नगद रु ५ लाख, दितिय पुरस्कार नगद रु ३ लाख, तृतिय हुनेले २ लाख र चौथो स्थान हासिल गर्ने धावकले ३० हजार प्राप्त गर्ने भएका छन् ।
खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न र यस प्रदेशबाट खेलाडीहरु उत्पादन गर्न छुट्टै पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष पराजुलीले बताएका छन् ।
यस्तै महिला हाफ म्याराथन, १० कि.मि.पुरुष तथा महिला, ५ कि.मि.छात्र÷छात्रा, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत केही वृद्धि गरेको उनले जनाएका छन् ।यस पोखरा अन्तराष्ट्रिय म्याराथन अन्र्तगत वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन “रन फर फन” समेत हुने भएको छ ।
म्याराथनहरुको अन्तराष्ट्रिय छाता संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेर एम्स मा दर्ता हुन सफल यस म्याराथनको रुट एम्सबाट नै प्रमाणिकरण भएको आयोजकले आजको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
त्यस्तै यस १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई व्यवस्थित रुपमा संचालन गर्न २३ वटा विभिन्न उप–समिति गठन गरिएको र यस म्याराथन सफलताका साथ सम्पन्न गर्न अनुमानित ९३ लाख खर्च हुने पनि आयोजकले जनाएको छ ।