ईमेजको साधारण सभा सम्पन्न
  • प्रमुख खबर

पोखरा ।

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।यस सहकारी संस्था लिमिटेडले आफ्नो आर्थिक गतिविधि सँगै वार्षिक प्रतिवेदन शेयर सदस्य समक्ष प्रस्तुत गरेको छ ।

गण्डकी प्रदेश सभा सदस्य लिला बहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मगरले कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरुले घरेलु उत्पादनलाई जोड दिन आवश्यक रहेको बताएका छन ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल सरकारका उप–सचिव धन प्रसाद पोख्रेल, कानुनी सल्लाहकार लिला बल्लब न्यौपाने, सल्लाहकार भोलानाथ शर्मा त्यस्तै पोखरा महानगरपालिका वडा नं। ५ का निवर्तमान वडा अध्यक्ष धन बहादुर नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।

ईमेज साकोसका अध्यक्ष तथा ढोरपाटन नगरपालीकाका प्रमुख देव कुमार नेपालीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जगुलाल पाण्डेले राखेका थिए भने कार्यक्रमको उद्धघोषकको रुपमा सञ्चारकर्मी सुशिल नेपाली रहेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्