पोखरा, २१ पुस पोखरामा एक युवकको आफ्नै घरको छत माथीको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा मृत्यु भएको छ ।
पोखरा १६ माथिल्लो दिप बस्ने १९ वर्षीय श्रम गुरुङको आफ्नै दुई तले घरको छतमा गएको बेला अचानक हाईटेन्सन लाइनबाट करेन्ट लागेको त्यहाँका स्थानीयले बताए । बिहान साढे ९ बजे करेन्ट लागेर घाइते भएका गुरुङको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।