गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीद्धारा ११ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन
  • प्रमुख खबर

पोखरा ।

११ औं संस्करणको पोखरा महोत्सव बुधबारदेखि शुरु भएको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा यस महोत्सव शुरु भएको हो । आजबाट शुरु भएको यस महोत्सवको उद्घाटन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले कोरोनाका कारण मुलुकले आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहेको यस परिस्थितिमा यस्ता मेला–महोत्सवले थलापरेको अर्थतन्त्रलाई उकास्न र चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

मुख्यमन्त्री अधिकारीका अनुसार यस युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको बताउँदै मेला–महोत्सवमा हुने व्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन पनि आग्रह गरेका छन् । उनले पछिल्लो समय युवाहरु विदेशीने क्रम बढेकोले उनीहरुलाई स्वदेशमा नै रोक्नका लागि स्वदेशी सामाग्रीहरुको उत्पादनमा जोड दिनुपर्ने पनि बताएका छन् ।

आजबाट शुरु भएको यस महोत्सव माघ ९ गतेसम्म संचालन हुने भएको छ । यस महोत्सवमा २ सय ५८ वटा स्टलहरु रहेका छन् । महोत्सवमा विभिन्न जात–जातिहरुको कला तथा संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्रि, हस्तकलाका सामानहरुको प्रदर्शनी एवं बिक्रि, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण लगायतका स्टलहरु राखिएका छन् ।

आज भएको यस महोत्सव उद्घाटन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले ११ औं संस्करणसम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको र यस ११ पोखरा महोत्सवदेखि पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तव्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुउद्देश्यीय भवन निर्माण गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि आवासिय व्यवस्थासहितको छात्रबास निर्माण गर्ने जानकारी दिएका छन् ।

त्यस्तै यस महोत्सवको आज भएको उद्घाटनमा शत्रमा क्लबका अध्यक्ष राजु श्रेष्ठले महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ अगाडी बढाउने यस महोत्सवको उद्देश्य रहेको बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्